शनिबार लेबनानमाथि इजरायली सेनाको ४०० आक्रमण, हिजबुल्लाहद्वारा रकेट प्रहार

काठमाडौं । मध्य–पूर्वमा तनाव झनै बढेको छ। शनिबार इजरायली सेनाले लेबनानमाथि ४०० पटक आक्रमण गरेको छ भने हिजबुल्लाहले हाइफा नजिकैको रामत डेभिड सैन्य अड्डामा रकेट प्रहार गरेको छ । गाजा युद्ध सुरु भएयता यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। इजरायल–लेबनान सीमामा भीषण लडाईं चलिरहँदा गाजामा मानवीय संकट गहिरिँदै गएको छ । यसैबीच, गाजामा इजरायली सेनाले […]

Sep 22, 2024 - 02:29
 0
शनिबार लेबनानमाथि इजरायली सेनाको ४०० आक्रमण, हिजबुल्लाहद्वारा रकेट प्रहार

काठमाडौं । मध्य–पूर्वमा तनाव झनै बढेको छ। शनिबार इजरायली सेनाले लेबनानमाथि ४०० पटक आक्रमण गरेको छ भने हिजबुल्लाहले हाइफा नजिकैको रामत डेभिड सैन्य अड्डामा रकेट प्रहार गरेको छ ।

गाजा युद्ध सुरु भएयता यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। इजरायल–लेबनान सीमामा भीषण लडाईं चलिरहँदा गाजामा मानवीय संकट गहिरिँदै गएको छ ।

यसैबीच, गाजामा इजरायली सेनाले कम्तीमा ३० प्यालेस्टाइनीहरूको ज्यान लिएको छ। गाजा सहरको जैतुन स्कूलमा भएको आक्रमणमा २२ जना प्यालेस्टाइनीहरू मारिएका छन्।

इजरायलको तेल अभिभमा हजारौं मानिसहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई गाजामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न थप प्रयास गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।

गाजामा इजरायलको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ३९१ मानिसहरू मारिएका छन् र ९५ हजार ७६० घाइते भएका छन्।

इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।

यो संकट समाधानको लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको अलजजीराले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register