याक्थुङ स्टार सिजन २ सुरु

अन्जान मुखियाझापा, ५ भदौ । याक्थुङ स्टार सिजन २ आज शनिबारबाट सुरु भएको छ। “याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान” भन्ने नाराका साथ अमर कृती म्युजिक प्रा.लिको आयोजनामा याक्थुङ स्टार सिजन २ सुरु भएको हो । आज औपचारिक रुपमा देश विदेश बाट आउनुभएका अथितीका बिच कार्यक्रमको उद्द्धाटन गरिएको आयोजकले [...] The post याक्थुङ स्टार सिजन २ सुरु appeared first on Jhapa Online.

Sep 21, 2024 - 16:22
 0
याक्थुङ स्टार सिजन २ सुरु

अन्जान मुखिया
झापा, ५ भदौ ।
याक्थुङ स्टार सिजन २ आज शनिबारबाट सुरु भएको छ।

“याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान” भन्ने नाराका साथ अमर कृती म्युजिक प्रा.लिको आयोजनामा याक्थुङ स्टार सिजन २ सुरु भएको हो ।

आज औपचारिक रुपमा देश विदेश बाट आउनुभएका अथितीका बिच कार्यक्रमको उद्द्धाटन गरिएको आयोजकले जनाएको छ ।

सिजन २ मा नेपाल, भारत र भुटानका कलाकार सहभागी हुने छन् भने एउटा एपिसोड भारतको सिक्किममा समेत सञ्चालन हुने बताएको छ।

प्रतियोगिताको फाइनल झापाको बिर्तामोडमा हुने याक्थुङ स्टार सिजन २ को संयोजक तथा अमर कृती म्युजिक प्रा.लि.का अध्यक्ष ब्रोसिस माबोहांगले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख नगद सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् भने द्वितीय हुनेले नगद २ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल तथा तृतीय हुनेले नगद १ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने संयोजक माबोहांगले बताउनुभयो ।

याक्थुङ स्टार सिजन २ मा निर्णायक मण्डलमा सन्चमान ताम्लिङ, प्रमोद मावो (लिम्बू), सुनिता सिङ्यक रहनुहुनेछ भने सल्लाहकारमा अन्जना नाल्वो, अईतहाङ लिम्बू र वि वि सेर्मा रहनुहुने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न याक्थुङ स्टार सिजन १ को सफलता पछि पुन आज शनिबार सिजन २ सुरु गरिएको आयोजकले जनाएको छ ।

The post याक्थुङ स्टार सिजन २ सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register