प्रधामन्त्री ओलीले राष्ट्रसङ्घका महासचिवलाई भने – नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घलाई नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको विषय जानकारी गराएका छन् । उनले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा आएको राष्ट्रसङ्घलाई जानकारी गराएका हुन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेससँग भेटमा प्रधानमन्त्री ओलीले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको मार्गदर्शन र अन्तर्राष्ट्रिय मापदण्डहरूको आधारमा शान्ति प्रक्रिया निष्कर्षतर्फमा पुगेको बताएका […]

Sep 22, 2024 - 06:33
 0
प्रधामन्त्री ओलीले राष्ट्रसङ्घका महासचिवलाई भने – नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घलाई नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको विषय जानकारी गराएका छन् । उनले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा आएको राष्ट्रसङ्घलाई जानकारी गराएका हुन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेससँग भेटमा प्रधानमन्त्री ओलीले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको मार्गदर्शन र अन्तर्राष्ट्रिय मापदण्डहरूको आधारमा शान्ति प्रक्रिया निष्कर्षतर्फमा पुगेको बताएका हुन् । संसद्बाट पारित भएको ऐनको सहज कार्यान्वयनमार्फत संक्रमणकालीन न्यायका मुद्दालाई अन्तिम रूपमा समाधान गरिने प्रधानमन्त्री ओलीले आश्वस्त पारे ।

जलवायु परिवर्तनका कारण नेपालमा परिरहेको विनाशकारी प्रभावहरूको चर्चा गर्दै उनले महासचिवलाई नेपालमा जलवायु परिवर्तनका असरहरू का विषय उठान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले महासचिवलाई सगरमाथा संवादको आयोजनामा भाग लिन र यो संवाद मञ्चमा सम्बोधन गर्न फेरि नेपाल भ्रमणको निम्तो दिए ।

नेपालले २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट बाहिर निस्कने र दिगो विकास लक्ष्यहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सन्दर्भमा विकास सहयोग वृद्धि गर्न महासचिवलाई आग्रह गरे । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली शान्ति सैनिकहरूको समर्पण र प्रदर्शनको प्रशंसा गर्दै खुशी व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा सबैभन्दा ठूलो सेना र प्रहरी प्रदान गर्ने देशको रूपमा नेपाल अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा योगदान दिन प्रतिबद्ध रहेको उनले बताए । भेटमा महासचिव गुटरेसले नेपाल भ्रमणको सम्झना गर्दै नेपाल सरकार र नेपाली जनताले आफ्नो भ्रमणलाई उत्कृष्ट बनाएकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले प्रधानमन्त्रीको निम्तोको लागि आभार व्यक्त गरे ।

महासचिवले हिमनदीहरूको तीव्र पग्लिने र यसबाट भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै क्षति र क्षतिपूर्ति कोषका लागि स्रोत वृद्धि गर्न आफूले हरसम्भव प्रयास गर्ने आश्वासन समेत दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register