वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ

माेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाइँ पक्राउ परेका छन् । करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको […]

Sep 22, 2024 - 08:40
 0
वृद्धको हत्या आशंका गरिएका ज्वाइँ पक्राउ

माेरङ ।

मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाइँ पक्राउ परेका छन् ।

करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात् उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । 

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register