लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग दोस्रो खेल खेल्दै छ । नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि खेल सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल पराजित भएको थियो । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित […]

Sep 22, 2024 - 07:05
 0
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग दोस्रो खेल खेल्दै छ । नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि खेल सुरु हुनेछ ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । त्यसपछि भएको ओमानसँगको खेलमा पनि नेपाल पराजित भएको थियो ।

पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले सकारात्मक नतिजा दिन सकेन ।

यसपटक लिग–२ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । सात महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एक–एक खेल हारिसकेको छ । आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।

नेपालले मंगलबार ओमानसँग खेल्दै एकदिवसीय सिरिजको अन्त्य गर्नेछ । क्यानडामै त्रिकोणीय टी-२० सिरिज समेत हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register