अल जजीराको कार्यालयमा छिरे इजरायली सेना, प्रसारण बन्द गर्न चेतावनी

काठमाडौँ।  इजरायली सेना‍ समाचार संस्था अल जजिराको कार्यालयभत्र हतियारसहित प्रवेश गरेको छ। आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ। अल जजिराले आफ्नो कार्यालयमा इजरायली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो। उक्त भिडिओमा इजरायलीसेनाहरू हतियारसहित प्रवेश गरेको […]

Sep 22, 2024 - 09:36
 0
अल जजीराको कार्यालयमा छिरे इजरायली सेना, प्रसारण बन्द गर्न चेतावनी

काठमाडौँ। 

इजरायली सेना‍ समाचार संस्था अल जजिराको कार्यालयभत्र हतियारसहित प्रवेश गरेको छ। आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ।

अल जजिराले आफ्नो कार्यालयमा इजरायली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।

उक्त भिडिओमा इजरायलीसेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ। सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन्।

सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको अल जजिरासहित अन्तर्राष्ट्रिय अखबारहरूले लेखेका छन्।

रमल्लाह ब्युरो एक दशकभन्दा बढी समयदेखि सञ्चालित छ।

इजरायलले भने अलजजिराले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ। यसअघि मे महिनामा जेरूसेलममा रहेको अल जजिराको कार्यालय पनि इजरायलले बन्द गरिदिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register