भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​ उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय सार्वजनिक गरेका थिए । आइतबारदेखि भने ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य […]

Sep 22, 2024 - 09:37
 0
भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना

काठमाडौं । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​

उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय सार्वजनिक गरेका थिए ।

आइतबारदेखि भने ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् ।

भुक्तानी नपाउँदा लुम्बिनीका निर्माण व्यवसायी आर्थिक संकटमा, निर्माणका काम ठप्प (वक्तव्यसहित)

अझै २ दिनसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् ।

यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी-एनके-खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजित जेभी, रमन-गजुरमुखी-रामजानकी जेभी र खानी-अर्घाखाँची-बबुल जेभी कार्यरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register