तराई-मधेशमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले आज जितिया पर्व मनाउँदै छन्। विशेषगरी आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्छन्। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि […]

Sep 25, 2024 - 04:08
 0
तराई-मधेशमा आज जितिया पर्व मनाइँदै

काठमाडौं ।

नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले आज जितिया पर्व मनाउँदै छन्। विशेषगरी आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्छन्। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ।

पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरू भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ। निराहार व्रत शुरू गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ।

मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ। वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register