लगातार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । बिहीबार प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले बढेर एक लाख ६० हजार ४ सय रुपैयाँमा […]

Sep 25, 2024 - 06:17
 0
लगातार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले बढेर एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १९५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६७६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register