दशैँको मुखमा रोजगारीका लागि ५७ हजार नेपाली विदेशिए 

काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५७ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौमा ५७ हजार ४ सय ९३ नेपाली विदेशिएका हुन् ।  जसमध्ये ५० हजार ७ सय ७० जना पुरुष र ६ हजार ७ सय २३ जना महिला रहेको विभागले जनाएको छ ।  विभागको तथ्याङ्कअनुसार चालु आर्थिक […]

Sep 25, 2024 - 04:33
 0
दशैँको मुखमा रोजगारीका लागि ५७ हजार नेपाली विदेशिए 

काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५७ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौमा ५७ हजार ४ सय ९३ नेपाली विदेशिएका हुन् । 

जसमध्ये ५० हजार ७ सय ७० जना पुरुष र ६ हजार ७ सय २३ जना महिला रहेको विभागले जनाएको छ । 

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिएका थिए । भदौ महिनामा विदेश जानेहरुमध्ये अधिकांश नेपाली युएई गएका छन् । 

विभागका अनुसार भदौमा मात्रै नेपालबाट १८ हजार ६ सय ५ जना नेपालीहरु रोजगारीका लागि यूएई गएका छन् भने साउदीमा १० हजार ८ सय ३५, कतारमा ११ हजार २ सय ९१ र कुवेतमा ४ हजार २ सय १५ नेपाली पुगेका छन् । यसअवधिमा मलेसिया जानेको संख्या भने घटेको विभागले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register