शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक […]

Sep 25, 2024 - 03:09
 0
शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो ।

बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक/प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिएका छन् । पनेरुका अनुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ ।

त्यस्तै, यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते (घटस्थापना)देखि कात्तिक १ गते (पूर्णिमा)सम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register