इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार

काठमाडौं। लेबनानको अतिवादी समूह हिजबुल्लाहले इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा मिसाइल प्रहार गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै तेल अविभस्थित मोसादको मुख्यालयलाई निशाना बनाएको हिजबुल्लाहले जनाएको थियो । विज्ञप्तिमा हिजबुल्लाहले मोसादलाई नेताहरुको हत्या र पेजर विष्फोटमा संलग्न भएको आरोप लगाएको छ । इजरायलले पनि हिजबुल्लाहको मिसाइल पहिलो पटक तेलअविभ आइपुगेको स्वीकार गरेको छ […]

Sep 25, 2024 - 08:05
 0
इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार

काठमाडौं। लेबनानको अतिवादी समूह हिजबुल्लाहले इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा मिसाइल प्रहार गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै तेल अविभस्थित मोसादको मुख्यालयलाई निशाना बनाएको हिजबुल्लाहले जनाएको थियो । विज्ञप्तिमा हिजबुल्लाहले मोसादलाई नेताहरुको हत्या र पेजर विष्फोटमा संलग्न भएको आरोप लगाएको छ ।

इजरायलले पनि हिजबुल्लाहको मिसाइल पहिलो पटक तेलअविभ आइपुगेको स्वीकार गरेको छ । इजरायली सेनाले आफ्नो मुख्यालयन नजिक मिसाइल नष्ट गरेको दाबी गरेको छ ।

लेबनानको नफाखिएबाट प्रहार गरिएको लन्चर नष्ट गरेको इजरायली सेनाको दाबी छ । यस्तै, हिजबुल्लाहको पूर्वाधार, हतियार तथा रकेट लन्चर भएका स्थानलाई पनि नष्ट गरेको इजरायलको दाबी छ ।

तेल अविभ र केन्द्रीय इजरायलमा हवाइ आक्रमणको साइरन सुनिएको तर, मिसाइल नष्ट गरेकोले कुनै क्षति र कसैको मृत्युबारे सूचना नआएको इजरायली सेनाले बताएको छ ।

यसअघि, इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डरलाई मारेको जनाएको थियो। लेबनानले बेरुतमा भएको आक्रमणमा ६ जना मारिएको र १५ जना घाइते भएको जनाएको छ ।

मंगलबार इजरायली आक्रमणका कारण ५० बालबालिकासहित ५६० भन्दा बढी मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी पनि पढ्नुहोस :

हिजबुल्लाह-इजरायलबीच मिसाइल हानाहान : नेपाली सेना सुरक्षित, खतरा भने कायमै  

हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register