सिद्धबाबा सुरुङमार्गको दुई बाइपासको ‘ब्रेक थ्रू’

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पास्थित सिद्धबाबा सुरुङमार्गको दुई बाइपासको ‘ब्रेक थ्रू’ भएको छ । तीनमध्ये पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रू’ भएको हो । १ सय ५१ मिटर लामो पहिलो र १ सय ३० मिटर लामो तेस्रो बाइपास मुख्य सुरुङसम्म खनेर सकिएको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । भदौ २६ गते तेस्रो र […]

Sep 25, 2024 - 09:41
 0
सिद्धबाबा सुरुङमार्गको दुई बाइपासको ‘ब्रेक थ्रू’

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पास्थित सिद्धबाबा सुरुङमार्गको दुई बाइपासको ‘ब्रेक थ्रू’ भएको छ । तीनमध्ये पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रू’ भएको हो ।

१ सय ५१ मिटर लामो पहिलो र १ सय ३० मिटर लामो तेस्रो बाइपास मुख्य सुरुङसम्म खनेर सकिएको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् ।

भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको हो । दोस्रो बाइपास ब्रेक थ्रू हुन एक साता लाग्ने सूचना अधिकारी इन्जिनियर ज्ञवालीले बताइन् ।

यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लामो रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पाकै तिनाउ जलविद्युत् छेउ रामापिथेकस पार्क नजिकै निस्कन मिल्नेगरी निर्माण गरिएको छ ।

चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक नेट, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ ।

सिद्धार्थ राजमार्ग भएर दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register