टर्की पठाउने भन्दै ७ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । टर्की पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्का रहेका छन् । खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १३ […]

Sep 25, 2024 - 08:25
 0
टर्की पठाउने भन्दै ७ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । टर्की पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्का रहेका छन् ।

खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १३ बाफलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले एक जनालाई टर्की पठाउने भन्दै ७ लाख रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register