सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाको दाबी

काठमाडौं । सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाले दाबी गरेको छ । गालीलको समुन्द्रमाथि बुधबार प्रहार गरिएको ड्रोनलाई नष्ट गरिएको इजरायली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । घटनामा कुनै क्षति तथा घाइतेबारे जानकारी प्राप्त नभएको पनि बताएको छ । इजरायलले तेल अभीभमा आक्रमण गरेको खबर सार्वजनिक भएलगत्तै इजरायली सेनाले सो घोषणा […]

Sep 25, 2024 - 09:45
 0
सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाको दाबी

काठमाडौं । सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाले दाबी गरेको छ ।

गालीलको समुन्द्रमाथि बुधबार प्रहार गरिएको ड्रोनलाई नष्ट गरिएको इजरायली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । घटनामा कुनै क्षति तथा घाइतेबारे जानकारी प्राप्त नभएको पनि बताएको छ ।

इजरायलले तेल अभीभमा आक्रमण गरेको खबर सार्वजनिक भएलगत्तै इजरायली सेनाले सो घोषणा गरेको हो ।

इजरायल र हिजबुल्लाहबीचको हमला बढेसँगै बेलायत सरकारले आफ्ना नागरिकलाई लेबनान छाड्न आग्रह गरेको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो आकस्मिक सेवाहरुलाई तीव्रता दिएको छन् । लेबनान छाड्न यो उचित समय भएको प्रधानमन्त्री स्टार्मरको भनाइलाई बीबीसीले उदृत गरेको छ ।

पछिल्लो केही दिनमा बढेको आक्रमणले अवस्था निकै गम्भीर बनेकोले बेलायती नागरिकलाई लेबनान छाड्न आग्रह गरिएको रक्षासचिव जोन हेलीले बताए ।

लेबनानमा करिब १० हजार बेलायती नागरिक छन् । व्यवसायिक उडान जारी नै रहेकोले बेलायतका नागरिकलाई सिट बुक गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्ः

दोस्रो गाजा बन्दै लेबनान

इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register