छवि भन्छन्- रकम अपचलनमा जीबी र रवि नै मुख्य जिम्मेवार

प्रहरीले जानकारी दिएअनुसार जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ ।

Sep 23, 2024 - 14:17
 0
छवि भन्छन्- रकम अपचलनमा जीबी र रवि नै मुख्य जिम्मेवार

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीले रकम अपचलनमा रवि लामिछाने र जितेन्द्रबाबु (जीबी) राई नै मुख्य जिम्मेवार रहेको बताएका छन् ।

जिल्ला प्रहरी, कास्कीसँगको प्रारम्भिक बयानका क्रममा उनले भनेका छन्, “रकम अपचलनमा मेरो कुनै संलग्नता छैन, रवि लामिछाने र जीबी राई नै मुख्य जिम्मेवार हुन् ।”

आइतबार पक्राउ परेका जोशीलाई थप पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले अनुमति दिइसकेको छ । जसअनुसार अब उनीमाथि थप पाँच दिन अनुसन्धान हुनेछ ।

उनलाई हिजै साँझ पोखरा लगिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीमाथि तीनवटा कसूरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान हुनेछ ।

प्रहरीले जानकारी दिएअनुसार जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । उनका साझेदार जीबीविरुद्ध भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको हो तर, उनी फरार छन् ।

  • सम्बन्धित समाचार

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्ने आदेश, पीडितको अदालत परिसरमै खबरदारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register