खेलकुदले समाज जोड्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रले समाजलाई जोड्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘एफ.एम सुजेन्द्र प्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१’ को उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “संस्कृति र खेलकुल क्षेत्रले राष्ट्रिय एकता, सामाजिक अनुशासन र समाजमा मर्यादा कायम गर्नका लागि […]

Sep 25, 2024 - 08:09
 0
खेलकुदले समाज जोड्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रले समाजलाई जोड्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘एफ.एम सुजेन्द्र प्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१’ को उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

“संस्कृति र खेलकुल क्षेत्रले राष्ट्रिय एकता, सामाजिक अनुशासन र समाजमा मर्यादा कायम गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ,” उनले भने, “यसले समाजलाई जोड्छ ।”

उनले अगाडि भने, “समाजलाई जोड्नका लागि खेलकुद र संस्कृतिले ठूलो भूमिका खेल्छ । त्यसैले मैले पहिलो पटक प्रधानमन्त्री बन्दैदेखि यी क्षेत्रहरूलाई विशेष ध्यानमा राख्दै आएको छु ।”

उनले यी क्षेत्रहरू सुधारिए समाजले त्यसबाट ठूलो शिक्षा लिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register