शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारणसभा शुरु, धुलाबारीमा छ सदस्य सम्मानित

बिर्तामोड, ९ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई [...] The post शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारणसभा शुरु, धुलाबारीमा छ सदस्य सम्मानित appeared first on Jhapa Online.

Sep 25, 2024 - 12:30
 0
शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारणसभा शुरु, धुलाबारीमा छ सदस्य सम्मानित

बिर्तामोड, ९ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷ आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयर पुँजी क्रमशः बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले गत आव २०८०÷०८१ मा संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७ पैसा रहेको बताउनुभयो । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको उहाँको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२ पैसा पुगेको बताउनुभयो । उहाँले संस्थामा थप बचत बृद्धिको योजना ल्याउनुपर्ने सुझाव दिनुभयो ।

यस्तै, संस्थाका ऋण उपसमिति संयोजक एवम् उपाध्यक्ष हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराउनुभयो । संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी गरिएको जानकारी दिनुभयो ।

इकाइगत साधारणसभाबाट तीन जना प्रतिनिधि छनोट गरिएको छ । अन्तिम माइन्युट प्रमाणीकरणका लागि इकाइगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठलाई प्रतिनिधि छनोट गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमराज मिश्रले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य लक्ष्मी देवान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख सुशीला ढकाल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा इकाइगत साधारण सभा हुने छ । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने आयोजकले जनाएको छ ।

The post शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारणसभा शुरु, धुलाबारीमा छ सदस्य सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register