रोनाल्डोद्वारा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागको आलोचना, क्लबलाई सुधार्न पुराना खेलाडीलाई सुन्नुपर्छ

काठमाडौं । नेदरल्याण्डका प्रशिक्षक टेन हाग म्यानचेस्टर युनाइटेडको इतिहासकै सबैभन्दा तल्लो स्थानमा (आठौं स्थान) पुग्नु र यो सिजनका तीनमध्ये दुई खेलमा पराजित हुँदा दबाबमा परेका छन् । दुई पटक क्लबमा रहेका क्रिस्टियानो रोनाल्डोले टेन हागको मानसिकताको पनि प्रश्न उठाएका छन् । उनी अहिले साउदी अरेबियाको अल–नस्रमा खेलिरहेका छन् । ‘प्रशिक्षकले भन्नुभएको छ, हामी प्रिमियर लिग […]

Sep 12, 2024 - 02:55
 0
रोनाल्डोद्वारा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागको आलोचना, क्लबलाई सुधार्न पुराना खेलाडीलाई सुन्नुपर्छ

काठमाडौं । नेदरल्याण्डका प्रशिक्षक टेन हाग म्यानचेस्टर युनाइटेडको इतिहासकै सबैभन्दा तल्लो स्थानमा (आठौं स्थान) पुग्नु र यो सिजनका तीनमध्ये दुई खेलमा पराजित हुँदा दबाबमा परेका छन् । दुई पटक क्लबमा रहेका क्रिस्टियानो रोनाल्डोले टेन हागको मानसिकताको पनि प्रश्न उठाएका छन् ।

उनी अहिले साउदी अरेबियाको अल–नस्रमा खेलिरहेका छन् ।

‘प्रशिक्षकले भन्नुभएको छ, हामी प्रिमियर लिग र च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्न सक्दैनौं,’ रोनाल्डोले रियो फर्डिनान्डसँगको पोडकास्टमा बताए । उनले भने, ‘म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको रूपमा तपाईंले यो भन्नु हुँदैन । हामी लिग वा च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्ने छैनौं भनेर । मानसिक रूपमा भन्न सक्नुहुन्छ कि सायद हामीसँग त्यो क्षमता छैन, तर म यो भन्न सक्दिन । हामी प्रयास गर्नेछौं, तपाईंले प्रयास गर्नै पर्छ ।’

रोनाल्डोले थप भनेका छन् –म म्यानचेस्टर युनाइटेडलाई पनि आफैंलाई जस्तै उत्कृष्ट बनोस् भन्ने चाहन्छु ।

पहिलो छ वर्षको समयमा रोनाल्डोले युनाइटेडसँग तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । २०२१ मा उनले पुनः युनाइटेडमा फर्किएपछि कुल ३४६ खेलमा १४५ गोल गरेका थिए ।

२०१३ मा सर एलेक्स फग्र्युसनको अवकाशपछि क्लबमा ‘कुनै प्रगति नभएको’ रोनाल्डोले बताएका छन् । युनाइटेडले त्यसपछि प्रिमियर लिग जित्न सकेको छैन । तर, सह–मालिक सर जिम र्याटक्लिफले क्लबको २५% हिस्सेदारी खरिद गरेर क्लबलाई पुनः आफ्नो पुरानो गौरवमा फर्काउन चाहेका छन् ।

‘क्लबले पुनर्निर्माण गर्न समय आवश्यक छ । क्लब अझै पनि विश्वको उत्कृष्ट क्लबमध्ये एक हो, तर परिवर्तन आवश्यक छ,’ रोनाल्डोले थप स्पष्ट गरे ।

तर, रोनाल्डोले टेन हागको टोलीमा आफ्ना पुराना साथी रूड भान निस्टेलरोयको नियुक्तिलाई सकारात्मक रूपमा लिएका छन् । ‘यदि टेन हागले रूडलाई सुन्छन् भने उनले आफूलाई मद्दत गर्न सक्नेछन्,’ उनले भने, ‘क्लबलाई सुधार्न तिनीहरूले पुराना खेलाडीहरूलाई सुन्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register