दलितका लागि संघीयताले निर्दिष्ट गरेको व्यवस्था लागू भएन

बुटवल । जनताको बहुदलीय जनवाद ,माक्र्सवादी दर्शनशास्त्र र दलित मुक्ति आन्दोलनको बारेमा रुपन्देहीको बुटवलमा प्रशिक्षण प्रदान गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीद्धारा आयोजित कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले संघीयताले निर्दिष्ट गरेका व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए । उहाँले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिस्चितता गर्नुपर्ने, स्वयं दलित अब सशक्त रुपमा अगाडि […]

Sep 25, 2024 - 14:08
 0
दलितका लागि संघीयताले निर्दिष्ट गरेको व्यवस्था लागू भएन

बुटवल ।

जनताको बहुदलीय जनवाद ,माक्र्सवादी दर्शनशास्त्र र दलित मुक्ति आन्दोलनको बारेमा रुपन्देहीको बुटवलमा प्रशिक्षण प्रदान गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीद्धारा आयोजित कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले संघीयताले निर्दिष्ट गरेका व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए ।

उहाँले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिस्चितता गर्नुपर्ने, स्वयं दलित अब सशक्त रुपमा अगाडि बढनु पर्ने बताउनु भयो । जातीय छुवाछूत र यसको उत्पत्ति, दलित आन्दोलनको अवस्था र मुक्ति समाजको योजना र उद्देश्यका विषयमा प्रशिक्षण दिर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज लिला गिरीले बोल्दै सबै प्रकारको विभेद र असमानतालाई अन्त्य गर्न सचेत वर्गले आन्दोलन गर्नुपर्नेमा जोड दिदै दलित समुदायको न्यायको लागि पार्टीले अगुवाई गर्ने बताउनु भयो ।

मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र अन्याय, अत्याचार, सामाजिक विभेद र छुवाछूतले सभ्य समाज र विकसित राज्यको निर्माण हुन नसक्ने हुँदा परिवर्तनका लागि एकताबद्ध अभियान चलाउनुपर्ने बताए । पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले बोल्दै समतामुलक समाज निर्माण गर्न, आर्थिक, शैक्षिक र राजनीतिक रुपमा दलित समुदायलाई सशक्तिकरण गर्न प्रतिस्पर्धाबाट पनि श्रेष्ठता हासिल गर्नुपर्ने बताए ।


जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिव कमला विश्वकर्माले जनताको बहुदलीय जनवाद र नेकपा एमालेका बौद्धिक नेता युवराज घिमिरेले माक्र्सवादी दर्शनशास्त्र र दलित मुक्ति आन्दोलनको बारेमा प्रशिक्षण दिनु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register