चट्याङ लागेर दमकका एक युवासहित दुई जनाको मृत्यु

झापा, ९ असोज । चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, सोही राति १० बजे मिक्लाजुङ गाउँपालिका–३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा [...] The post चट्याङ लागेर दमकका एक युवासहित दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 25, 2024 - 12:46
 0
चट्याङ लागेर दमकका एक युवासहित दुई जनाको मृत्यु

झापा, ९ असोज । चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, सोही राति १० बजे मिक्लाजुङ गाउँपालिका–३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका–४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागेर घाइते भई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

The post चट्याङ लागेर दमकका एक युवासहित दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register