सरकार विचौलिया र माफियाको सेवामा लाग्यो, भ्रष्टाचार अनुसन्धान गर्ने प्रहरीलाई दण्ड दिन थालियो : प्रचण्ड

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोप्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर । हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको छानबिन गर्दै थियो । नयाँ सरकार आयो र के गर्यो‍ ?'

Aug 27, 2024 - 09:27
 0
सरकार विचौलिया र माफियाको सेवामा लाग्यो, भ्रष्टाचार अनुसन्धान गर्ने प्रहरीलाई दण्ड दिन थालियो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार विचौलिया र माफियाले बनाएको भन्दै त्यसकै सेवामा केन्द्रित हुन थालेको आरोप लगाएका छन् ।

संसदमा विशेष सम्बोधन गर्दै प्रचण्डले यो सरकार सुशासनसँग तर्सिएर बनेको आरोप समेत लगाएका छन् ।

‘पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यसकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ । तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन ।’ उनले भने, ‘लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

प्रचण्डले सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन यो सरकार बनेको दाबी पनि गरे । उनले थपे, ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

उनले पुराना काण्डको छानबिन कहाँ पुग्यो भन्ने प्रश्न गरेका छन् । साधै पहिले भ्रष्टाचारको अनुसन्धानमा लागेका प्रहरी अधिकारीमाथि दण्ड दिन थालिएको भन्दै आपत्ति जनाएका छन् । ‘भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोप्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर । हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो । नयाँ सरकार आयो र के गर्यो‍ ?’ उनले भने, ‘हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गर्यो । यसरी सुरु भयो दुई तिहाइको सुशासन ।’

नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरुलाई जोगाउन सरकार लागिपरेको पनि प्रचण्डले आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘नक्कली शरणार्थी काण्ड तपाईहरुले एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन । यसले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो बनाएको छ । यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबlन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईहरु ? अन्तराष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register