दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।   शैल्यशिखर नगरपालिका-५ ओखडानीमा बुधबार दिउँसो सुपप्र ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिप बगौरादेखि सेत्कला जाँदै गरेको थियो । घाइते हुनेमा  शैल्यशिखर नगरपालिका-४ का २३ वर्षीय हरिश धामी, सोही ठाउँका २१ वर्षीय मोहन धामी र ३९ […]

Sep 25, 2024 - 15:53
 0
दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।   शैल्यशिखर नगरपालिका-५ ओखडानीमा बुधबार दिउँसो सुपप्र ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिप बगौरादेखि सेत्कला जाँदै गरेको थियो । घाइते हुनेमा  शैल्यशिखर नगरपालिका-४ का २३ वर्षीय हरिश धामी, सोही ठाउँका २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिंह ठगुन्ना रहेका छन् ।

घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  प्रहरीका अनुसार  जिप सडकबाट १० मिटर तल खसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register