झापा मिडिया कपको खेल तालिका सार्वजनिक

झापा, ९ असोज । झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । बुद्धशान्ति प्रेस क्लबले आयोजना हुन लागेको प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिकाअनुसार उद्घाटन [...] The post झापा मिडिया कपको खेल तालिका सार्वजनिक appeared first on Jhapa Online.

Sep 25, 2024 - 16:42
 0
झापा मिडिया कपको खेल तालिका सार्वजनिक

झापा, ९ असोज । झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ ।

बुद्धशान्ति प्रेस क्लबले आयोजना हुन लागेको प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिकाअनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ ।

जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १५ हजार पाउने छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा हुनेछ ।

The post झापा मिडिया कपको खेल तालिका सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register