कनकाईमा बालबालिकासँग मेयर कार्यक्रम : नगर प्रमुख पोखरेलको प्रतिबद्धता

चन्द्र बस्नेतकनकाई, ९ असोज । बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। बुधबार आज कनकाईमा बालबालिकासँग मेयर कार्यक्रममा बालबालिकाले राखेको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो [...] The post कनकाईमा बालबालिकासँग मेयर कार्यक्रम : नगर प्रमुख पोखरेलको प्रतिबद्धता appeared first on Jhapa Online.

Sep 25, 2024 - 16:38
 0
कनकाईमा बालबालिकासँग मेयर कार्यक्रम : नगर प्रमुख पोखरेलको प्रतिबद्धता

चन्द्र बस्नेत
कनकाई, ९ असोज ।
बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ।

बुधबार आज कनकाईमा बालबालिकासँग मेयर कार्यक्रममा बालबालिकाले राखेको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

नगरभरि रहेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी एवम् शिक्षक– शिक्षिका सहभागी रहेकोे कार्यक्रममा विद्यार्थीहरुले आफुहरुले भोगेका समस्याहरुका बारेमा नगर प्रमुखलाई जानकारी गराएका थिए ।

कार्यक्रममा कनकाई–६ मा रहेको चम्फापुर माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत सिम्रन तामाङले विद्यालयमा फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसकिएको सौचालयमा गुड्का परागका खोलहरु जति सफा गरे पनि भइरहने त्यस्तै प्रयोग गरिएका सेनेटरी प्याडहरु जताततै फ्याकिएको अवस्थामा भेटिने गरेकाले सरसफाइमा फोकस गरिदिन आग्रह गरेकी थिइन् ।

त्यस्तै, कनकाई–३ मा रहेको दिव्यरत्न माद्यामिक विद्यालयकी छात्रा अरुणा रायले बालबालिका सगै हाम्रा जेष्ठ नागरिकहरुको पनि उचित हेरचाहमा नगरले ध्यान दिन सुझाव दिएकी थिईन ।

त्यस्तै, कार्यक्रममा अन्य सहभागी बालबालिकाहरुले पनि नगरका कतिपय विद्यालयमा फोहोर मैलाको उचित व्यवस्थापन हुन नसकेको, खानेपानीको समस्या, गर्मीको समयमा कति विद्यालयमा फेनको समस्या, सर म्यामहरुले नै जति कडाइ गरेपनि विद्यार्थीहरुले नै गुड्का पराग तथा अन्य स्वास्थ्यमा हानिकारक पदार्थ प्रयोग गर्ने गरेको पाईएकाले नगरपालिका र विद्यालय व्यवस्थापन समिति र अभिभावक हरुले पनि विद्यालयमा नै गई निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख पोखरेलले विद्यार्थीहरुबाट आएको सुझाव आफ्नो लागि सम्पत्ति भएको भन्दै जति नानी बाबुले उठाएका सवालहरुमा गम्भीर भई आफू सहित नगर शिक्षा शाखा विद्यालय प्रशासन, अभिभावक सबै भएर विद्यालय तथा बाहिर देखिएका समस्या समाधानमा लाग्ने प्रतिवद्वता जनाउनुभयो। बालबालिका सग मेयर कार्यक्रम मै संविधानमा, बालबालिका सम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न कनकाई नगर अग्रसर रहेको पनि सुनाउनुभएको थियो ।

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवद्र्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र पारिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको पनि नगर प्रमुख पोखरेलले बताउनुभएको थियो ।

उहाँले बालबालिकाका लागि लगानी वृद्धि गर्दै जाने प्रतिवद्वता जनाउनुभयो। नगर प्रमुख पोखरेलले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिता जस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवद्र्धन गर्न÷गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा नगरभरिका विद्यालयका सहभागी विद्यार्थी शिक्षक शिक्षिका लगायतले बालबालिका सग मेयर कार्यक्रम आर्थिक वर्ष २०७६र७७ मा आयोजित कार्यक्रममा मेयरले गरेका प्रतिवद्वता करिब ९५ प्रतिशत पूरा भएको र आज बोलिएका अन्य सम्मया लगायत पूरा गर्न समेत ध्यानाकर्षण गराएका थिए ।

सोही कार्यक्रममा नै उपप्रमुख आशाशर्मा शिवाकोटीले बालबालिकाले उठाएका सवाल उचित भएको भन्दै उहाँले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट बञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख गर्न सबैको कर्तव्य भएको उप प्रमुख शिवाकोटीले बताउनुभएको थियो ।

बाल यौन दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ थियो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, शिक्षा शाखा कर्मचारी रोहित पौडेल ,नगर बालकल्याण अधिकारी उमानाथ ढकाल लगायतले बालबालिकाहरुले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियोे ।कार्यक्रममा नगरभरिका विद्यालयका प्रतिनिधि मुलक विद्यार्थी शिक्षक शिक्षिका लगायत तिनसय बढीको सहभागिता रहेको थियो ।

The post कनकाईमा बालबालिकासँग मेयर कार्यक्रम : नगर प्रमुख पोखरेलको प्रतिबद्धता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register