कसले गर्यो दमकमा गाई चोरेर हत्या ?

दमक, १९ भदौ । झापाको दमक नगरपालिकामा गाई चोरी गरी हत्या गरिएको छ । गाईको हत्या भएपछि घटनाको तथ्य खोजी गर्न प्रहरीलाई दबाबसमेत बढेको छ । दमक–१ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ क्षेत्रमा मंगलबार राति गाईको हत्या भएको हो । अज्ञात समूहले स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ [...] The post कसले गर्यो दमकमा गाई चोरेर हत्या ? appeared first on Jhapa Online.

Sep 4, 2024 - 06:46
 0
कसले गर्यो दमकमा गाई चोरेर हत्या ?

दमक, १९ भदौ । झापाको दमक नगरपालिकामा गाई चोरी गरी हत्या गरिएको छ ।

गाईको हत्या भएपछि घटनाको तथ्य खोजी गर्न प्रहरीलाई दबाबसमेत बढेको छ । दमक–१ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ क्षेत्रमा मंगलबार राति गाईको हत्या भएको हो । अज्ञात समूहले स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा गाईको हत्या गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

गाईको हत्या गरेर केही मासु समेत लगेपछि स्थानीयबासी आक्रोशित भएका छन् । प्रहरीलाई समेत घटनामा संलग्नको खोजी गर्न दबाब बढेको छ ।

The post कसले गर्यो दमकमा गाई चोरेर हत्या ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register