साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन् । आइतबार सेमिफाइनल खेलमा नेपालले पाँच पटकको च्याम्पियन भारतलाई तनावपूर्ण पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने साविक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । यसअघि सन् २०२२ मा काठमाडौंमै […]

Oct 28, 2024 - 00:49
 0
साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन् ।

आइतबार सेमिफाइनल खेलमा नेपालले पाँच पटकको च्याम्पियन भारतलाई तनावपूर्ण पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने साविक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

यसअघि सन् २०२२ मा काठमाडौंमै भएको च्याम्पियनसिपको फाइनलमा पनि नेपाल र बंगलादेश आमनेसामने भएका थिए, जहाँ बंगलादेशले नेपाललाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

अब सातौं संस्करणको च्याम्पियनसिपको फाइनल खेल आगामी बुधबार हुनेछ । यो फाइनल खेलमा नेपाल छैटौं पटक उपाधिका लागि भिड्दै छ भने बंगलादेश तेस्रो पटक फाइनलमा पुगेको हो । लगातार तेस्रो पटक घरेलु मैदानमा खेल्दै नेपाली टोली यस पटक उपाधि जित्ने लक्ष्यमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register