विद्यालय शिक्षा र संघीय निजामति विधेयक प्राथामिकताका साथ अघि बढाइने

काठमाडौं। सत्तापक्षका सेचतकहरूले संसदमा विचाराधीन विधेयकहरूलाई तीव्रताका साथ अघि बढाउने सहमति गरेका छन् । संसदको जारी अधिवेशन विधेयक अधिवेशन रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवै सदनमा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउँदै संसदको प्रभावकारितालाई बढाउन उनीहरू सहमत भएका हुन् । आइतवार प्रतिनिधिसभा तथा राष्ट्रिय सभा दुवै सदनका सत्तापक्षका सचेतकहरूको बैठकमा सदनमा विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउने सहमति […]

Feb 16, 2025 - 05:51
 0
विद्यालय शिक्षा र संघीय निजामति विधेयक प्राथामिकताका साथ अघि बढाइने

काठमाडौं। सत्तापक्षका सेचतकहरूले संसदमा विचाराधीन विधेयकहरूलाई तीव्रताका साथ अघि बढाउने सहमति गरेका छन् ।

संसदको जारी अधिवेशन विधेयक अधिवेशन रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवै सदनमा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउँदै संसदको प्रभावकारितालाई बढाउन उनीहरू सहमत भएका हुन् ।

आइतवार प्रतिनिधिसभा तथा राष्ट्रिय सभा दुवै सदनका सत्तापक्षका सचेतकहरूको बैठकमा सदनमा विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउने सहमति भएको काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले बताए । ‘संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तथा निजतामति सेवा गठन विधेयकलाई प्राथामिकताका साथ अघि बढाउने र अन्य कानुन निर्माण पनि तीव्रताका साथ अघि बढाउनुपर्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने ।

यस्तै एमालेका मुख्य सचेतक महेस बर्तौलाले संसदको प्रभावकारीता बढाउने विषयमा छलफल भएको बताएका छन् । संसदको मुख्य काम नै कानुन निर्माण रहेको र त्यसमा ढिलासुस्ती हुँदा संसदको प्रभाकारितामाथि प्रश्न उठिरहेकाले विचाराधीन विधेयकहरूलाई निष्कर्षमा पुर्‍याउने सहमति भएको उनले बताए ।

‘संसदको प्रमुख काम बनेको कानुन निर्माण गर्ने हो । हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउँदै संसदको प्रभावकारीता बढाउने सहमति भएको छ,’ उनले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register