बेलायतका सञ्चारकर्मी तिगेलाले आफू पढेको विद्यालयमा बनाइदिए खेलमैदान

लन्डन । बेलायतमा बसोबास गर्दै आएका सञ्चारकर्मी विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । तिगेलाले छथर जोरपाटी १, धनकुटास्थित भारती माध्यमिक विद्यालयका लागि ५ लाख रुपैयाँमा जग्गा खरिद गरि खेलमैदान र स्टेज भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् । प्रवेशद्वारमा फलामको ढोका र खेलमैदान वरपर तारजाली लगाएर एक औपचारिक कार्यक्रममा […]

Feb 22, 2025 - 12:46
 0
बेलायतका सञ्चारकर्मी तिगेलाले आफू पढेको विद्यालयमा बनाइदिए खेलमैदान

लन्डन । बेलायतमा बसोबास गर्दै आएका सञ्चारकर्मी विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

तिगेलाले छथर जोरपाटी १, धनकुटास्थित भारती माध्यमिक विद्यालयका लागि ५ लाख रुपैयाँमा जग्गा खरिद गरि खेलमैदान र स्टेज भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

प्रवेशद्वारमा फलामको ढोका र खेलमैदान वरपर तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयका प्रधानाध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरे । उक्त खेल मैदानलाई विद्यालय व्यवस्थापन समितिले विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेको छ ।

तिगेलाले सो जग्गा खरिद गरि वि.स. २०६९ मा विद्यालयलाई दिएका थिए भने सोही विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन वि.स. २०६६ मा ५० हजार रुपैयाँ प्रदान गरेका थिए, जुन त्यो बेलाको सबैभन्दा ठूलो सहयोग रकम थियो ।

खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन् । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार व्यक्त गर्दै खेलमैदानमा वार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिवद्धता समेत जनाइन् ।

त्यस्तै वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई आवश्यकता परेको वखत जग्गा खरिद गरिदिने दाताप्रति आभार व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताबारे चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा संयुक्त रुपबाट निर्णय गरेको बताए ।

विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओढाइ सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाइदिएर सम्मान व्यक्त गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधैं सम्झने र सम्मान गर्ने गरेको बताए ।

आफूसँग प्रशस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको तिगेलाले बताए । निकट भविष्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता उनको छ ।

सरस्वती पूजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थीले दर्जन बढी गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने सञ्चालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।

तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएका छन् । करिब डेढ दशक अघि उनले कम्प्युटर सहयोग गरेका थिए जुन विद्यालयका लागि पहिलो कम्प्युटर थियो ।

उनले पटकपटक खेलकुद सामाग्री पनि प्रदान गरेका थिए । तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा छाना छाउने कर्कट पाता र काठका लागि सम्पूर्ण खर्च व्यहोरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register