ऊर्जामन्त्रीको स्पष्टीकरणबारे कुलमान : मन्त्रालयका सचिवसहितको बैठक हो, सबै काम सल्लाहमै भएको छ

काठमाडौं । आफूलाई ऊर्जामन्त्री दीपक खड्काले पछिल्लो पटक सोधेको स्पष्टीकरणबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन् । कार्यकारी निर्देशक घिसिङले मन्त्री खड्का र मन्त्रालयका सचिव लगायतका उच्च अधिकारीहरूसँगको सल्लाहमै भारतीय पक्षसँगको बैठकमा निर्णय र हस्ताक्षर भएको प्रष्ट्याएका छन् ।   मन्त्री खड्काले कुलमानलाई नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा उपस्थित भएर किन […]

Feb 25, 2025 - 11:32
 0
ऊर्जामन्त्रीको स्पष्टीकरणबारे कुलमान : मन्त्रालयका सचिवसहितको बैठक हो, सबै काम सल्लाहमै भएको छ

काठमाडौं । आफूलाई ऊर्जामन्त्री दीपक खड्काले पछिल्लो पटक सोधेको स्पष्टीकरणबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले मन्त्री खड्का र मन्त्रालयका सचिव लगायतका उच्च अधिकारीहरूसँगको सल्लाहमै भारतीय पक्षसँगको बैठकमा निर्णय र हस्ताक्षर भएको प्रष्ट्याएका छन् ।  

मन्त्री खड्काले कुलमानलाई नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा उपस्थित भएर किन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । 

उक्त बैठक यही फेब्रुअरी १२ तारिखमा भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो । 

घिसिङले  त्यसबेला मन्त्री खड्का पनि भारतमै रहेको र सबै काम सल्लाहले नै भएको बताए । उक्त बैठकमा मन्त्रालयका सचिव समेत सहभागी रहेको उनले बताए । 

घिसिङले भने, ‘नेपाल भारत विद्युत विनिमयको बैठकमा मन्त्रालयका सचिव नै सहभागी थिए । त्यसैले कुन निकायको स्वीकृति लिएको भन्ने प्रश्न नै उठ्दैन, मन्त्रीज्यू पनि त्यो बेला दिल्लीमै हुनुहुन्थ्यो । सबै काम सल्लाहमै भएका छन् । मन्त्रालयका सचिव नै सहभागी भएको बैठकले गरेका निर्णयको स्वामित्व देशकै हुन्छ होला । ‘ 

मन्त्री खड्काले कुलमानलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो । उनले आफूलाई सोधिएको पछिल्लो स्पष्टीकरणको जवाफ पनि समयभित्रै दिने जानकारी दिए । 

यो पनि पढ्नुहोस :

सबै काम छाडेर कुलमानको पछि लाग्दै ऊर्जामन्त्री खड्का, हटाउने नियतले फेरि सोधे स्पष्टीकरण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register