कुलमान बर्खास्तको निर्णयविरूद्ध विपक्षीले संसदमा कडा प्रतिवाद गर्ने

काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयको कडा प्रतिवाद गर्ने भएका छन् । सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेका हुन् । सरकारले दम्भ देखाउँदै बर्खास्त गरेकाले संसदमा कडा प्रतिवाद गर्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । ‘सरकारका पछिल्ला […]

Mar 26, 2025 - 05:02
 0
कुलमान बर्खास्तको निर्णयविरूद्ध विपक्षीले संसदमा कडा प्रतिवाद गर्ने

काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयको कडा प्रतिवाद गर्ने भएका छन् ।

सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेका हुन् ।

सरकारले दम्भ देखाउँदै बर्खास्त गरेकाले संसदमा कडा प्रतिवाद गर्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ,’ उनले भने ।

विपक्षी दलहरूले सरकारका गलत क्रियाकलापविरूद्ध सडक र सदन दुबैमा सशक्त प्रतिवाद गर्ने निर्णय लिएको उनले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register