अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षकहरु (तस्विरहरू)

काठमाडौँ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आएका हुन् । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक […]

Apr 2, 2025 - 11:13
 0
अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षकहरु (तस्विरहरू)

काठमाडौँ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आएका हुन् ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी भएका छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register