न्युओर्कको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्युओर्क सहरस्थित हडसन नदीमा बिहीबार हेलिकोप्टर दुर्घटना भएको छ । यस दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । अधिकारीहरूले हेलिकप्टरमा पर्यटकको एक परिवार रहेको बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । न्युओर्कका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई दिएको जानकारीअनुसार पाँचजना एकै परिवारका […]

Apr 11, 2025 - 04:13
 0
न्युओर्कको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्युओर्क सहरस्थित हडसन नदीमा बिहीबार हेलिकोप्टर दुर्घटना भएको छ । यस दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।

अधिकारीहरूले हेलिकप्टरमा पर्यटकको एक परिवार रहेको बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् ।

न्युओर्कका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई दिएको जानकारीअनुसार पाँचजना एकै परिवारका स्पेनिस नागरिक थिए । छैटौं व्यक्ति भने पाइलट थिए ।

न्युओर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन् । मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिएको छैन ।

यस दुर्घटनाको भिडिओ फुटेजमा हेलिकोप्टर आकाशबाट उल्टो फर्किएर हडसन नदीमा खसेको देखिन्छ । हेलिकोप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register