पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

काठमाडौं । देशको पूर्वी र मध्य भेगका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम भेगको तुलनामा मध्य र पूर्वी भेगमा पानी पार्ने प्रणाली बढी सक्रिय रहेको छ। महाशाखाका अनुसार  आज कोशी र मधेश प्रदेश लगायत पहाडी भेगका केही स्थानहरूका साथै बाँकी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]

Apr 18, 2025 - 01:50
 0
पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

काठमाडौं । देशको पूर्वी र मध्य भेगका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम भेगको तुलनामा मध्य र पूर्वी भेगमा पानी पार्ने प्रणाली बढी सक्रिय रहेको छ।

महाशाखाका अनुसार  आज कोशी र मधेश प्रदेश लगायत पहाडी भेगका केही स्थानहरूका साथै बाँकी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ।

मौसमविद्हरूका अनुसार बिहीबारदेखि सक्रिय भएको नयाँ मौसमी प्रणालीले आगामी आइतबारसम्म हावाहुरी र चट्याङसहित वर्षा गराउने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरि मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरो लगायतका बालीहरू अर्को हप्ता मात्र भित्र्याउन किसानहरूलाई आग्रह गरेको छ। विभागले वर्षा र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register