सरकारी अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

May 19, 2023 - 07:03
 0
सरकारी अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
सरकारी अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाका लागि अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले १५ दिनभित्रै संघीय र प्रादेशिक अस्पतालहरूलाई अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

‘सबै संघीय अस्पतालहरूमा ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने साथै प्रादेशिक अस्पतालहरूमा पनि सोही नियम लागु गर्न प्रादेशिक स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गर्ने,’ मन्त्री बस्नेतले दिएको निर्देशनमा उल्लेख छ।

साथै सबै संघीय अस्पतालहरूमा जनरल शैय्या, आइसियु शैय्यामा बिरामी भर्ना र रिक्त संख्या आफ्नो वेबसाइटमा दैनिक रूपमा ७ दिनभित्र अद्यावधिक गर्न अस्पतालहरूलाई निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ।

गत २ वर्षमा स्वास्थ्य सेवा विभागबाट खरिद भएका वा अन्य स्रोतबाट प्राप्त भएका स्वास्थ्य सामग्री तथा उपकरणहरूको विवरण, संख्या, स्रोत, मिति, विवरण अद्यावधिक गरी मन्त्रालयमा ७ दिनभित्र पेश गर्न लगाउने निर्णयसमेत भएको मन्त्रालयको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1