यसरी निकालियो मर्स्याङ्दी नदीबाट भारतीय बस (तस्वीरहरू)

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ । सोमबार बिहानै ६ बजेदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर दुई वटा क्रेनले बस निकालेको हो । सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकालिएको  जिल्ला प्रहरी कार्यालयका […]

Aug 26, 2024 - 10:39
 0
यसरी निकालियो मर्स्याङ्दी नदीबाट भारतीय बस (तस्वीरहरू)

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ ।

सोमबार बिहानै ६ बजेदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर दुई वटा क्रेनले बस निकालेको हो ।

सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकालिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर स्रोत – मुग्लिन बजारको फेसबुक पेजबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register