नेपाल एयरलाइन्सको स्थिति कमजोर छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् । सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।  उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्रै पर्यटकहरु आउने भन्दै […]

Aug 26, 2024 - 11:51
 0
नेपाल एयरलाइन्सको स्थिति कमजोर छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् । सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्रै पर्यटकहरु आउने भन्दै उड्डयनको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको उल्लेख गरेका छन् ।

‘नेपाल एयरलाइन्सको स्थिति खस्किँदो छ, अवस्था अत्यन्तै कमजोर भएको छ ।’, मन्त्री पाण्डेले भने, ‘नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ । यही कारण पनि धेरै पर्यटक नेपाल आउन नचाहेको अवस्था छ । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउँछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’

त्यस्तै, उनले नेपाल विविध संस्कृतिको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षण साथै मार्केटिङ पनि गर्नुपर्ने बताएका छन् ।

साथै आगामी दिनमा कुनै स्वार्थबिना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने भन्दै मन्त्री पाण्डेले नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लैजानुपर्नेमा जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register