वाइसीएल बिर्तामोडमा सेवन दर्नालको अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति

बिर्तामोड, १० भदौ । वाइसीएल नेपाल बिर्तामोड नगरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सेवन दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गर्दै सोमबार दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो । समितिको उपाध्यक्षत्रयमा विकास तामाङ, विजय तामाङ र विक्रम बोहोरा चयन भएका छन् । सचिव बिमल कन्दङवा, सहसचिव नर्बदा कार्की र कोषाध्यक्षमा सन्ध्या मास्के [...] The post वाइसीएल बिर्तामोडमा सेवन दर्नालको अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति appeared first on Jhapa Online.

Aug 26, 2024 - 14:36
 0
वाइसीएल बिर्तामोडमा सेवन दर्नालको  अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति

बिर्तामोड, १० भदौ । वाइसीएल नेपाल बिर्तामोड नगरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

सेवन दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गर्दै सोमबार दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षत्रयमा विकास तामाङ, विजय तामाङ र विक्रम बोहोरा चयन भएका छन् । सचिव बिमल कन्दङवा, सहसचिव नर्बदा कार्की र कोषाध्यक्षमा सन्ध्या मास्के चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले युवाहरुको समृद्ध भविष्य निर्माण सबैको चाहना भएको बताए । ‘विदेशिने, अर्काको देश मा गएर चर्को घाममा काम गर्ने चाहना कसैको हुँदैन,’ उनले भने, ‘मुलुकमै कलकारखाना निर्माण गरी, उद्योग खोली युवाहरुलाई स्वदेश मै रोजगार बनाउन र समृद्ध मुलुक निर्माण गर्न हामी चाहन्छौं ।’

उनले नेपालीको सपनालाई साकार पार्ने तर्फ सरकारले ध्यान नदिएको गुनासो गरे । जनताको हक अधिकारको लागि लड्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको बताउँदै वाईसीएलमा आवद्ध युवाहरूलाई त्यसतर्फ सक्रिय हुन उनले आग्रह गरे ।

‘मुलुक बनाउन युवाहरुले कम्मर कस्नु पर्छ, उनले भने, ‘१० वर्ष लडेर ल्याएको यो व्यवस्थालाई सुन्दर फुलबारी बनाउने जिम्मा हामी युवाहरुलाई दिन चाहन्छौं ।’

कार्यक्रममा १५ जना युवाहरु पार्टी प्रवेश गरेका थिए । उनीहरूलाई प्रमुख अतिथी मिक्सो, केन्द्रीय सदस्य हरी राना, जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई वाईसीएलका बिर्तामोड इन्चार्ज एलेक्स दाहाल (विकल)ले स्वागत गरेका थिए ।

नवनिर्वाचित समितिलाई अखिल क्रान्तिकारी झापा अध्यक्ष रञ्जन धमला, माओवादी केन्द्र बिर्तामोड अध्यक्ष मोहन सुब्बा, वाईसीएलका प्रदेश अध्यक्ष कुमार आचार्य, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज कर्मा पुलामी, पार्टीका केन्द्रीय सदस्य हरी रानालगायतले शुभकामना दिएका थिए ।

वाइसीएल नेपालले यस अघि बुद्धशान्तिमा गाउँ कमिटि गठन गरिसकेको र झापाका बाँकी १३ पालिकामा चाँडै समिति चयन गरिने झापा अध्यक्ष शाहीले जानकारी दिए ।

सबै पालिकामा संगठन विस्तार पश्चात समाजमा रहेका भ्रष्टाचार, अनियमितताको निगरानी गरी खबरदारी गर्ने र लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागि काम गर्ने उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरू सीपी कडरिया, भूपाल सापकोटा, अरुण श्रेष्ठ, वाइसीएल झापा अध्यक्ष डेबिट शाही ठकुरीलगायत उपस्थित थिए । कार्यक्रम माओवादी बिर्तामोड नगर सचिव गणेश कालिकोटे (सौगात)ले सञ्चालन गरेका थिए ।

The post वाइसीएल बिर्तामोडमा सेवन दर्नालको अध्यक्षतामा बन्यो ५१ सदस्यीय समिति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register