साफ यु २० च्याम्पियनसिप : फाइनल खेल पनि एन्फा मैदानमा नै हुने

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा नै हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार नेपाल र बंगलादेशबीचको फाइनल एन्फामा हुने सामाजिक संजालमार्फत जानकारी दिएको हो । यसअघि गत शुक्रबार एन्फाले फाइनल खेल दशरथ रंगशालामा हुने जनाएको थियो । फाइनलमा नेपाल र बंगलादेश बुधवार २ः३० […]

Aug 26, 2024 - 14:47
 0
साफ यु २० च्याम्पियनसिप  :  फाइनल खेल पनि एन्फा मैदानमा नै हुने

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा नै हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार नेपाल र बंगलादेशबीचको फाइनल एन्फामा हुने सामाजिक संजालमार्फत जानकारी दिएको हो ।

यसअघि गत शुक्रबार एन्फाले फाइनल खेल दशरथ रंगशालामा हुने जनाएको थियो । फाइनलमा नेपाल र बंगलादेश बुधवार २ः३० बजे  भिड्दै छन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register