निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता रोकिन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता नरोकिने बताएका छन् ।सोमबार नीति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।  । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘निर्वाचन प्रणाली नबदलिएसम्म राजनीतिक स्थिरता हुने देखिन्न । एक्लैको बहुमत नहुने […]

Aug 26, 2024 - 17:03
 0
निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता रोकिन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता नरोकिने बताएका छन् ।सोमबार नीति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।  ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘निर्वाचन प्रणाली नबदलिएसम्म राजनीतिक स्थिरता हुने देखिन्न । एक्लैको बहुमत नहुने भएपछि सानो दललाई दौडिएर प्रधानमन्त्री दिनुपर्ने बाध्यता रहिरहन्छ ।’

उनले कुनै दलले एक्लै बहुमत ल्याउन नसक्ने हुँदा चुनावअघि गरिने गठबन्धनले दलभित्र र मुलुककै लोकतन्त्र संकटमा परेको  बताए । ‘प्रिअलायन्स गर्दा घोषणापत्र बनाउनै परेन, गठबन्धनले जिताउने भयो’ उनले भने,’मन नपरेकालाई रोक्न पनि गठबन्धनले सजिलो हुने भयो ।’

नेकपा एमालेसँग राजनीतिक स्थिरता सुनिश्चिताका लागि संविधान संशोधनको सहमति भएको थापाको भनाई छ । उनले संविधान संशोधन गर्दा  समावेशी ,  संसदहरुको योग्यता र संसदको आकार घटाउने  सुनिश्चतता गरिनुपर्ने समेत बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register