पाख्रिनका गीतसंगीतले आमश्रमिकलाई उद्वेलित र संगठित हुन प्रेरित गर्थ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसगंतिज्ञ खुसीराम पाख्रिनका गीतसंगीतले आमनेपाली श्रमिकलाई उद्धेलित र संगठित हुन प्रेरित गर्दै आएको स्मरण गरेका छन् । जेबी टुहुरे फाउन्डेसनले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दें उनले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसंगीतका क्षेत्रबाट खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । […]

Aug 26, 2024 - 16:35
 0
पाख्रिनका गीतसंगीतले आमश्रमिकलाई उद्वेलित र संगठित हुन प्रेरित गर्थ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसगंतिज्ञ खुसीराम पाख्रिनका गीतसंगीतले आमनेपाली श्रमिकलाई उद्धेलित र संगठित हुन प्रेरित गर्दै आएको स्मरण गरेका छन् ।

जेबी टुहुरे फाउन्डेसनले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्दें उनले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसंगीतका क्षेत्रबाट खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

“हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित गर्थ्यो भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र सङ्गठित गर्न प्रेरित गथ्र्यो”, अध्यक्ष दाहालले भने । पाख्रिनले आफैँ गीत रचना गर्ने, संगीत भर्ने र गाउने गरेको स्मरण गर्दै उनले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताए ।

उनले जनगायक जेबी टुहेरेले गीतसंगीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेलेको  स्मरण गरे । “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिन रटुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसंगीत गायन र सिर्जना गर्दै आएको स्मरण गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए ।

त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गरेका  गीतसंगीत प्रस्तुत गरेका थिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register