विजय भण्डारीको समूहलाई महायज्ञ लगाउन पोखरामा दिइएन ठाउँ, कोटिहोमको दान घोटाला गरेको आरोप

अघिल्लो मंगलबार भण्डारीको समूहले जग्गा हेरिसकेका थिए । माघमा ४५ दिन कोटीहोम लगाउन भाडा सम्झौता गर्ने तयारी भइरहेको थियो । तर, आयोजककै छविको कारण जग्गा नदिने निर्णयमा मन्दिर व्यवस्थापन र स्कुलका प्रशासन पुगेको हो ।

Sep 16, 2024 - 14:00
 0
विजय भण्डारीको समूहलाई महायज्ञ लगाउन पोखरामा दिइएन ठाउँ, कोटिहोमको दान घोटाला गरेको आरोप

काठमाडौं । पशुपतिमा ‘कोटिहोम’ भन्दै गरिएको कार्यक्रममा भक्तजनले दिएको दान दक्षिणा अपचलन गरेको भन्दै विजय भण्डारीको समूहलाई पोखरामा अर्काे महायज्ञ गर्न नदिने भएका छन् ।

काठमाडौंमा महिनादिन गरिएको कार्यक्रमको हिसाबकिताब लुकाएर घाटा देखाएका भण्डारीको समूहलाई आफ्नो ठाउँमा भने ठग्न नदिने भन्दै पोखराबासीले ठाउँ नदिएका हुन् ।

गण्डकी क्षेत्रका बासिन्दालाई ठग्न पोखरा पुगेको उनको समूहले पोखरा महानगरपालिका १७ ढुँगेसाँघु महतगौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिरको जग्गामा महायज्ञ लगाउने भन्दै भाडामा मागेको थियो ।

आउँदो माघमा कोटिहोम लगाउने भनिएको थियो । कसैले नदिएपछि अन्तमा हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिसँग जग्गा भाडामा माग्दै प्रस्ताव गरेका थिए । त्यो जग्गा मन्दिरले पनि स्थानीय पोखरा स्पाइडल ग्यालेक्सीलाई भाडामा दिएको थियो ।

छुट्टाछुट्टै बसेको पोखरा स्पाइडल ग्यालेक्सीको सञ्चालक समितिको बैठक र हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिले भण्डारीको समूहलाई जग्गा भाडामा नदिने निर्णय गरेको स्कुलका प्रशासन प्रमुख तेजेन्द्र पौडेलले बताए ।

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

अघिल्लो मंगलबार भण्डारीको समूहले जग्गा हेरिसकेका थिए । माघमा ४५ दिन कोटीहोम लगाउन भाडा सम्झौता गर्ने तयारी भइरहेको थियो । तर, आयोजकै छविको कारण जग्गा नदिने निर्णयमा मन्दिर व्यवस्थापन र स्कुलका प्रशासन पुगेको हो ।

‘‘हामीलाई जग्गा भाडामा माग्न आएको समूहको पृष्ठभूमि खराब देखियो । यसकारण सो समूहलाई दिएर हामी पनि विवादमा आउन चाहन्नौँ । यसकारण जग्गा नदिने निर्णय गरियो’’ पौडेलले नेपालभ्युजसँग भने ।

एक स्थानीयले भने भण्डारीको समूहले काठमाडौंमा पारदर्शी रुपमा हिसाब देखाएको भए आफूहरू दिने पक्षमा रहेको बताए ।

तर, भक्तजनको दान घोटाला गरेकाले ठाउँ नदिएको उनको तर्क छ । उनले भने, ‘‘रत्नाकर पनि वाल्मीकि बन्छ । उहाँ पहिला खराब हुनुहुन्थ्यो । काठमाडौंमा भव्य कार्यक्रम गर्नुभयो । अब त सुध्रनुभयो भनेको झन् पैसा कुम्ल्याएर घाटामा गयो भन्नुभयो । क-कसले कति दान दियो, हिसाब छैन । खर्च केकेमा भयो त्यो पनि छैन । अनि दान रकम घोटाला गरेकाले यहाँ पनि त्यस्तै नहोस् भनेर नदिएका हौँ ।’’

यससँगै डेढ दशक अघिदेखि धार्मिक आवरणमा ठगी धन्दा चलाउँदै आएका भण्डारीले ४५ दिने महायज्ञ लगाउने भन्दै पोखरामा कमाउने योजना तत्काललाई रोकिएको छ । तैपनि अरू ठाउँमा जग्गा भाडामा लिन उनले तिकडम गरिरहेको स्रोतले बताएको छ ।

पशुपति कोटिहोमको असरस् अन्य महायज्ञ सुनसान, भक्तजनले चढाएनन् पर्याप्त दान (भिडिओ)

पशुपतिमा ‘कोटिहोम’ भन्दै धार्मिक विधिशास्त्रविपरीत गरेको कार्यक्रममा उठेको करोडौँ रुपैयाँको हिसाबकिताब लुकाएर घोटाला गरेका छन् ।

७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको भण्डारी समूहको जिकिर छ । जबकि आयोजक सदस्यहरूले नै महायज्ञको दोस्रो सातासम्म दिनमा डेढ करोड रुपैयाँका दरले दैनिक चन्दा संकलन भइरहेको भन्दै युट्युब मिडियामा बोलेका थिए ।

३२ दिन चलेको महायज्ञको आधा समयमै ३५ करोड रुपैयाँ उठेको अनुमान छ । तर, आयोजकले भने जम्मा २० करोड १५ लाख ८२ हजार दान उठेको भन्दै उल्टो ऋणमा डुबेको दाबी गरेको छ ।

पशुपतिमा महिना दिनसम्म महायज्ञ लगाउँदा दैनिक झन्डै १५ करोड रुपैयाँ बढी हिनामिना गरेर उत्साहित भएका भण्डारीको समूह अझ लामो समयको महायज्ञ लगाउन कस्सिएको छ ।

पशुपति कोटिहोमको अपत्यारिलो हिसाब सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको जिकिर

मानव तस्करी र ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीविरुद्ध सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग तथा लुटपाट, प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुरलगायतका जाहेरी प्रहरीमा परेका छन् ।

प्रहरीको ‘हिटलिस्ट्’मा परेका उनी पक्राउबाट बच्न धार्मिक कार्यक्रम गर्दै आएका छन् । उनले भक्तजनले दान बाट दिएको करोडौँ रकम खर्चेर मिडियामा आफ्नो पक्षमा समाचार लेख्न लगाउँदै आएका छन् ।

सम्बन्धित समाचार

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register