पुनहिल घुम्न आएका एक स्पेनीको मृत्यु, एक जना बेपत्ता

कास्की ।कास्कीको पुनहिल घुम्न आउँदा वेपत्ता दुई स्पेनी पर्यटक मध्य एकको शव भेटिएको छ । अन्नपुर्ण गाउँपालिका वडा नं.९ तिखेढुङ्गा मौजा खोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो । झोला हेर्दा विदेशी नागरिकको रहेको र दुई दिन पश्चात् अर्थात आज एक पर्यटकको शव खोलाको बिच भागमा अड्किएको […]

Aug 27, 2024 - 12:18
 0
पुनहिल घुम्न आएका एक स्पेनीको मृत्यु, एक जना बेपत्ता

कास्की ।
कास्कीको पुनहिल घुम्न आउँदा वेपत्ता दुई स्पेनी पर्यटक मध्य एकको शव भेटिएको छ ।

अन्नपुर्ण गाउँपालिका वडा नं.९ तिखेढुङ्गा मौजा खोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो । झोला हेर्दा विदेशी नागरिकको रहेको र दुई दिन पश्चात् अर्थात आज एक पर्यटकको शव खोलाको बिच भागमा अड्किएको अवस्थामा फेला परेको हो ।

३७ वर्षीय  पुरुष एरिक सोलेर कासानोभस (पासपोर्ट नं. PAN072420) को पुरुष फेला परेको हो । यस्तै  ३२ वर्षीय महिला  MERCE MOLAS JUNCA (पासपोर्ट नं. PAQ122767) वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले पुष्टि गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register