साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

झापा, ११ भदौ । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ । मङ्गलवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रेस बक्समा आयोजित प्रि–फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रङ्गशालामा खेल नहुँदा टोलीलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभएको हो । दक्षिण [...] The post साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै appeared first on Jhapa Online.

Aug 27, 2024 - 15:40
 0
साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

झापा, ११ भदौ । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ ।

मङ्गलवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रेस बक्समा आयोजित प्रि–फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रङ्गशालामा खेल नहुँदा टोलीलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभएको हो । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिपको छैटौँ संस्करणको फाइनलमा बुधबार नेपाल र बङ्गलादेश भिड्दै छन् । अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता त्रिपुरेश्वरस्थित नेपालकै सबैभन्दा पुरानो रंगशाला, दशरथ रङ्गशालामा हुने तालिका थियो । तर, वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा सारेको थियो ।

एन्फाले फाइनल भने जसरी भए पनि रङ्गशालामा गर्ने तयारी थालेको थियो । तर, आइतबार सामाजिक सञ्जालमार्फत एन्फाले लगातारको वर्षाका कारण रङ्गशालामा खेल गराउन नमिल्ने भन्दै एन्फामा नै खेल हुने जानकारी गराएको थियो । नेपालले समूह चरणको दोस्रो खेलमा बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, समूह चरणको जितले केही अर्थ नराख्ने र फाइनलका लागि तयार रहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

कप्तान कुशल देउवाले पनि फाइनलका लागि छुट्टै योजनामा काम गरेको प्रतिक्रिया दिए । उता बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले पनि फाइनलमा नेपाललाई केही सजिलो हुने प्रतिक्रिया दिनुभयो ।

प्रशिक्षक हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरूको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो । कप्तान महोम्मद अस्रफुल आसिफले पनि उपाधि जितेर घर फर्कने बताए । भारतविरुद्धको सेमिफाइनलमा नियमित कप्तान मोहम्मद मेहदी हुसेन विपक्षी फरवार्डसँग ठोक्किँदै मैदानबाट बाहिरिएका थिए । उनी फाइनलमा उपस्थित हुनेछैन । उनको अनुपस्थितिमा उप–कप्तान आसिफले टोलीको नेतृत्व गर्नेछन् ।

बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । नेपाल भने पहिलो दुई संस्करणको च्याम्पियन हो । बुधबार बङ्गलादेशलाई हराउन सके नेपालसामु त्यो उपाधि खडेरी तोड्ने सुनौलो अवसर हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

The post साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register