कचनकवलको शेरे चोकमा नयाँ झण्डा

कचनकवल, ११ भदौ । झापाको कचनकवल गाउँपालिका–६ स्थित शेरे चोकमा जीर्ण अवस्थामा रहेको पुरानो राष्ट्रिय झण्डाको ठाउँमा नयाँ राखिएको छ । आज स्थानीय समाजिक व्यक्तित्व रविचन्द्र ओझाको सौजन्यमा उक्त स्थानमा नयाँ झण्डा लगाइएको हो । ‘यो राष्ट्रिय झन्डा नेपालकै होचो ठाउँ कचनकवल स्तम्भ घुम्न आउने पर्यटकलाई आकर्षित गर्न राखिएको हो’, ओझाले भने, ‘यसले राष्ट्र र [...] The post कचनकवलको शेरे चोकमा नयाँ झण्डा appeared first on Jhapa Online.

Aug 27, 2024 - 15:36
 0
कचनकवलको शेरे चोकमा नयाँ झण्डा

कचनकवल, ११ भदौ । झापाको कचनकवल गाउँपालिका–६ स्थित शेरे चोकमा जीर्ण अवस्थामा रहेको पुरानो राष्ट्रिय झण्डाको ठाउँमा नयाँ राखिएको छ ।

आज स्थानीय समाजिक व्यक्तित्व रविचन्द्र ओझाको सौजन्यमा उक्त स्थानमा नयाँ झण्डा लगाइएको हो । ‘यो राष्ट्रिय झन्डा नेपालकै होचो ठाउँ कचनकवल स्तम्भ घुम्न आउने पर्यटकलाई आकर्षित गर्न राखिएको हो’, ओझाले भने, ‘यसले राष्ट्र र राष्ट्रियताप्रतिको हाम्रो माया र गर्वलाई दर्शाउँछ ।’

विगत केही समयदेखि उक्त झन्डा च्यातिएर छिन्नभिन्न भएको थियो । झण्डाका विषयमा सामाजिक सञ्जालमा कुरा आइरहेका थिए । यस क्रममा ओझाले पनि यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र नयाँ झन्डा फेर्न पहल गरेको बताए ।

झन्डा फहराउने कार्यक्रममा कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलम, सामाजिक अगुवा व्यक्तित्व मोहन खनाल, टेकनाथ राजवंशी, युवा भरत गिरी, विकास शर्मा र स्थानीयबासीको उपस्थिति थियो ।

The post कचनकवलको शेरे चोकमा नयाँ झण्डा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register