‘कथित पीडित’का कारण जीवन विकास लघुवित्त उल्टै पीडित, ऋण नतिर्नेले फाइल जलाएपछि हिसाब खोज्न तनाव ! 

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ । मंगलबार जीवन विकास लघुवित्तबाट ऋण लिएका १ सय ५० महिला सदस्यहरु अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०/१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासि कार्यालयमा पसेर […]

Aug 28, 2024 - 03:07
 0
‘कथित पीडित’का कारण जीवन विकास लघुवित्त उल्टै पीडित, ऋण नतिर्नेले फाइल जलाएपछि हिसाब खोज्न तनाव ! 

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

मंगलबार जीवन विकास लघुवित्तबाट ऋण लिएका १ सय ५० महिला सदस्यहरु अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०/१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासि कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भुइँतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताएका छन् । 

‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्युटरको सीपीयू, मोनिटर र सिसिटिभी क्यामराहरु फुटाए । इन्भर्टर ब्याट्रीहरू क्षतिग्रस्त बनाइएका छन् ।’, नाम नबताउने सर्तमा संस्थाका एक कर्मचारीले भने, ‘कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूहबीच हातपात र घम्साघम्सी समेत भएको थियो ।’

लघुवित्तमा भएको आगजनीबाट कति क्षति भयो भन्ने यकिन नभएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले बताएका छन् । ‘क्षतिको मूल्याङ्कन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ ।’, उनले भने, ‘आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको छ ।’

यता लघुवित्त संस्थाहरुले चर्को ब्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थालाई कारवाही गर्ने अभियान्ताहरुले दबाबस्वरुप यस्तो हर्कत गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register