वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु

काठमाडौं । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बताएका छन् । इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता […]

Aug 28, 2024 - 08:03
 0
वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु

काठमाडौं । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बताएका छन् ।

इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताए ।

इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ ।

इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register