दमकमा दुर्घटना गरेर फरार सिटी चालक पक्राउ, दुर्घटनामा एक बालिकाको भएको थियो मृत्यु

झापा, १२ भदौ । झापाको दमक दुर्घटना गरी फरार भएका एक सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिटीको ठक्करबाट एक बालकको मृत्यु भएको थियो । गत असार १४ गते दमक–१ बरगाछीको भित्री सडक खण्डमा मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौं दक्षिणकालीका–१ घर भई दमक–१ मा बस्दै आएकी सर्मिला नेम्बाङ र [...] The post दमकमा दुर्घटना गरेर फरार सिटी चालक पक्राउ, दुर्घटनामा एक बालिकाको भएको थियो मृत्यु appeared first on Jhapa Online.

Aug 28, 2024 - 09:36
 0
दमकमा दुर्घटना गरेर फरार सिटी चालक पक्राउ, दुर्घटनामा एक बालिकाको भएको थियो मृत्यु

झापा, १२ भदौ । झापाको दमक दुर्घटना गरी फरार भएका एक सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिटीको ठक्करबाट एक बालकको मृत्यु भएको थियो ।

गत असार १४ गते दमक–१ बरगाछीको भित्री सडक खण्डमा मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौं दक्षिणकालीका–१ घर भई दमक–१ मा बस्दै आएकी सर्मिला नेम्बाङ र निजको छोरी बर्ष २ की आरोशी मगरलाई ठक्कर दिएको थियो । घाइतेमध्ये ओरोशीको उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा सोही मृत्यु भएको थियो ।

दुर्घटनापछि सिटी चालक फिलिप भन्ने लछुमन लिम्बू फरार भएका थिए । तेह्रथुम थोक्लाङ–१ घर भइ हाल दमक–९ बस्दै आएका ५५ लिम्बूलाई खोजतलास गर्ने क्रममा मंगलबार साँझ दमक–८ गणतन्त्र चोकमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकमा दुर्घटना गरेर फरार सिटी चालक पक्राउ, दुर्घटनामा एक बालिकाको भएको थियो मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register