नेपाललाई रणनीतिक अड्डा बनाउने कोसिस भइरहेको छ : अध्यक्ष प्रचण्ड

झापा, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभएको छ । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै निवर्तमान प्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभयो । “सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्दा सरकारबाट बाहिरिनुपर्यो”, उहाँले [...] The post नेपाललाई रणनीतिक अड्डा बनाउने कोसिस भइरहेको छ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

Sep 16, 2024 - 01:25
 0
नेपाललाई रणनीतिक अड्डा बनाउने कोसिस भइरहेको छ : अध्यक्ष प्रचण्ड

झापा, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभएको छ ।

माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै निवर्तमान प्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभयो ।

“सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्दा सरकारबाट बाहिरिनुपर्यो”, उहाँले भन्नुभयो, “जसले गर्दा पार्टीप्रति जनताको विश्वास बढेको छ, अरु सरकारबाट बाहिरिँदा निशास–हतास हुन्छन्, हामी जनताको विश्वास लिएर बाहिरिएका छौं ।”

पार्टी पुननिर्माणका लागि अभियानमा नयाँ संकल्पका साथ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ । पूर्वमा आउँदा पार्टीप्रति जनविश्वास बढ्दै गएको पाएको खुसी व्यक्त गर्दै उहाँले २०८४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । “पार्टीप्रति आमजनताको विश्वास बढेको देखेर मलाई थप ऊर्जा मिलेको छ”, उहाँले भन्नुभयो, “हामी जनताको पार्टी बनाउने अभियानमा छौं ।”

नेपाल र नेपालीविरुद्ध ठूलो षड्यन्त्र भइरहेकाले बताउँदै अध्यक्ष प्रचण्डले त्यो षड्यन्त्र सफल हुन माओवादी पार्टी अझ एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय स्वाधिनतामाथि ठूलो खतरा छ”, उहाँले भन्नुभयो, “नेपाललाई रणनीतिक अड्डा बनाउने कोसिस भइरहेको छ ।”

ठूलो त्याग र बलिदानीबाट संविधान प्राप्त भएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रतिगमनको मार्ग भएको बताउनुभयो । “प्रतिगमनको षड्यन्त्र कुनै पनि हालतमा सफल हुँदैन”, उहाँले भन्नुभयो, “प्रतिगमनविरुद्ध सबै नेपाली जनतालाई अपिल गर्न आउँदैछौं ।”

The post नेपाललाई रणनीतिक अड्डा बनाउने कोसिस भइरहेको छ : अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register