वाइसीएल अर्जुनधारामा अर्जुन लिम्बु सर्वसम्मत

शनिश्चरे, १२ भदौ। योङ कम्युनिष्ट लिग (वाइसिएल) अर्जुनधारा नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिश्चरेमा आज (बुधवार) भएको वाइसिएलको दोस्रो सम्मेलनबाट अर्जुन लिम्बु निङलेखुको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा पृथ्बी लिम्बु, सचिवमा दीपक गहतराज, सह–सचिवमा कमल अधिकारी र कोषाध्यक्षमा श्रेया लावती सर्वसम्मत चयन भएका हुन् । [...] The post वाइसीएल अर्जुनधारामा अर्जुन लिम्बु सर्वसम्मत appeared first on Jhapa Online.

Aug 28, 2024 - 14:08
 0
वाइसीएल अर्जुनधारामा अर्जुन लिम्बु सर्वसम्मत

शनिश्चरे, १२ भदौ। योङ कम्युनिष्ट लिग (वाइसिएल) अर्जुनधारा नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिश्चरेमा आज (बुधवार) भएको वाइसिएलको दोस्रो सम्मेलनबाट अर्जुन लिम्बु निङलेखुको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा पृथ्बी लिम्बु, सचिवमा दीपक गहतराज, सह–सचिवमा कमल अधिकारी र कोषाध्यक्षमा श्रेया लावती सर्वसम्मत चयन भएका हुन् । वाइसिएल अर्जुनधारा नगर कमिटी अध्यक्ष विपिन चौहानको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य हरिकुमार रानाको बिशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले आगामी निर्वाचनमा माओवादी देशकै सवै भन्दा ठूलो पार्टी हुने दावी गरेका छन् । मिलेर देश बनाउने कार्यमा सवैलाई जोडेर माओवादी अगाडि बढ्ने केन्द्रिय सदस्य तामाङले बताए ।

‘माओवादी अव फुट्दैन, जति फुट्नु थियो फुटिसक्यो’ नेता तामाङले भने ‘पार्टीमा केही समस्या होला तर, पार्टी नेतृत्वले समाधान गर्छ ।’

बिशष्ठि अतिथि रानाले सामान्तवादी राज्य सञ सञ्चालकले जहिले पनि चेपुवा पार्ने गरेको बताए । उनले भष्ट्राचारी र घुसखोरीलाई संरक्षण गरेको जिकिर गर्दै त्यस्ता राज्य सञ्चालकलाई ठिक पार्न पनि माओवादी पार्टीको आवश्यकता रहेको बताएका छन् ।

स्वागत वाइसिएल झापा उपाध्यक्ष हिमाल बिष्टले गरेको कार्यक्रममा प्रमुख अतिथि तामाङ, बिशिष्ठ अतिथि राना, वाइसिएल केन्द्रिय सचिव डम्बर पुलामी (कर्मा), वाइसिएल कोशी प्रदेश संयोजक कुमार आचार्य, अनेम संघ (क्रान्किारी) झापा अध्यक्ष तारा श्रेष्ठ, माओवादी अर्जुनधारा नगर अध्यक्ष नरकुमार तामाङ (नारद दुखी) लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अर्जुनधारा नगर वाइसिएल सचिव समिर लिम्बुले गरेका थिए ।

सोही कार्यक्रमकाबिच बिभिन्न पार्टी परित्याग गरी ५० जना वढीले माओवादीमा प्रवेश गरेका थिए । अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेलाई केन्द्रिय सदस्य तामाङ, राना, वाइसिएल केन्द्रिय सचिव कर्मा, पार्टीका प्रदेश सदस्य तथा झापा सह–इन्चार्ज खड्गबहादुर कन्दङ्वा (रोशन), प्रदेश सदस्य जितेश योन्जन, दुर्गा चम्लागाई, पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडु (सरोज), वाइसिएल झापा अध्यक्ष डेबिट शाही, पार्टीका नगर इन्चार्ज देवकला प्रसाई, सह–इन्चार्ज सन्तोष थापालगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्र, प्रदेश, जिल्ला, बिभिन्न पालिका साथै जनबर्गीय संगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

The post वाइसीएल अर्जुनधारामा अर्जुन लिम्बु सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register